Top Menu Section

Donate Section

Support Us

Accessibility Options

Logo of BYA Nepal

Blind Youth Association Nepal

कोरोना भाइरसबाट सुरक्षित हुने उपायहरू

This post was published on: April 1, 2020

Share this!

हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । हाल सम्म विश्वभर ८५९,७७० मानिसहरू यसको संक्रमणमा परेका छन् भने ४२,३४० काे मृत्यू भैसकेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा क्रमश बढ्दै गएको हुनाले नेपालमा हालसम्म यसको संक्रमण ५ जनामा देखिएको भएतापनि कुनैपनि वेला यसको गंभीर संक्रमणमा पर्ने खतरा रहेको छ ।

कोरोना भाइरसबाट संक्रमति नहुन वा यसको प्रभावबाट जोगिन अपनाउनुपर्ने उपायहरू

  • ज्वरो आएमा, खोकी लागेमा वा स्वास प्रस्वासमा कुनै समस्या आएमा तत्काल नजिकको स्वास्थ्य चौकीमा जाँच गराउने वा डक्टरको सहयोग खोज्ने ।
  • संक्रमण नियन्त्रणमा नआएसम्म अति आवश्यक काम नपरिकन घरबाट बाहिर ननिस्कने
  • तातो पानी प्रशस्त पिउने र शारीरको रोग प्रतिरोधक क्षमता वढाउने उपायहरू अपनाउने, शरीरलाइ न्यानो बनाइराख्ने । गलत र आधारहित सूचना र हल्लाहरूको पछाडी नलाग्ने ।
  • भिडभाड वा धेरै मानिस भेला भएको ठाउँमा नजाने र अत्यावश्यक कामको लागि मुखमा मास्क लगाएर मात्र बाहिर निस्कने ।
  • डिस्पोजेवल मास्क प्रयोग गर्दा एउटा मास्क एक पटक भन्दा बढी प्रयोग नगर्ने र धोएर लगाउन मिल्ने मास्क प्रयोग गर्दा पटक पटक धोएर घाममा राम्रोसँग सुकाएर मात्र प्रयोग गर्ने ।
  • धुन वा पुन प्रयोग गर्न मिल्ने मास्क हरेक पटक प्रयोग गरिसकेर राम्रोसँग धोएर घाममा सुकाएर मात्र प्रयोग् गर्ने ।
  • विभिन्न चिजवीचहरू छोएपछी सावुन पानीले हात पटक पटक धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
  • हातलाइ मुख, आँखा र नाकको सम्पर्कमा सकेसम्म नलैजाने र लैजानुपरेमा स्यानिटाइजर प्रयोग गरेर वा सावुन पानीले धोएर मात्र लैजाने ।
  • अरूसँग हात नमिलाउने र अभिवानदको लागि नमस्ते गर्ने ।
  • हाच्छिउँ आउँदा वा खोक्दा हातले, कुहिनाले, रूमाल वा टिस्युपेपरले मुख र नाक ढाक्ने ।
  • हाच्छिउँ गर्दा वा खोक्दा अर्को व्यक्तिसँग न्यूनतम १ देखी ३ मिटरको दुरी राख्ने र अरूले खोक्दा वा हाच्छिउँ गर्दा आफूले पनि १ देखि ३ मिटरको दुरी राख्ने ।
  • गम्भिर शारीरिक वा मानसिक अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक सेवा, स्याहार र हेरचाह गरिरहेका व्यक्तिहरूले ध्यान दिनुपर्ने कुराहरू
    • आफुले सेवा दिइरहेको अपाङ्गता भएका व्यक्तिलाइ माथि क देखि ठ सम्म उल्लेखित कुराहरू पालना गर्नुपर्ने कुरा वताउने र पालना गराउने ।
    • सेवा, स्याहार वा हेरचाह गर्ने व्यक्तिले मुखमा मास्क लगाउने र सेवा दिँदा जस्तै सुताउने, उठाउने, शौचालय लाने, खुवाउने, सफा गरिदिने जस्ता शरिरमा हात पर्ने कामहरू गर्दा पहिले आफ्ना हात सावुन पानीले धोएर वा स्यानिटाइजरको प्रयोग गरेर गर्ने ।
    • माथि बुँदा “क” देखि “ठ” सम्मका उपायहरू आफूले पालना गर्ने र आफूले सेवा दिइरहेको अपाङ्गता भएका व्यक्तिलाइ पनि पालना गराउने ।

कोरोना भाइरस कसरी सर्छ ?

कोरोना भाइरस मानिसको शरीरभित्र मुख, नाक र आँखाको माध्यमबाट मात्र प्रवेश गर्न सक्छ । कुनै माध्यमबाट भाइरस मानिसको नाक, आँखा वा मुखभित्र प्रवेश गर्यो भने यसको संक्रमण हुन्छ जस्तै,

  • संक्रमित व्यक्तिसँग हात मिलाउँदा उसको हातमा भाइरस आएको हुन सक्छ र उक्त व्यक्तिबाट तपाँइमा सर्न सक्छ र तपाँइले हातले आफ्नो नाक, मुख वा आँखा छुनुभयो भने तपाँइको शरीरमा भाइरस प्रवेश गर्न सक्छ ।
  • संक्रमित व्यक्तिको हातमा भाइरस टाँसिएको हुन सक्छ र उसको हात तपाँइको नाक, मुख वा आँखाको सम्पर्कमा आएमा भाइर शरीरको भित्र प्रवेश गर्न सक्छ ।
  • संक्रमित व्यक्तिले खोक्दा, हाच्छीउँ गर्दा निस्कने थुक, र्याल वा खकारमा भाइरस टाँसिएर आउँछ र उक्त थुक वा र्यालको छिटा अर्को व्यक्तिको मुख, नाक वा आँखामा परेमा सर्न सक्छ ।
  • संक्रमित व्यक्तिलाइ मुखमा चुम्बन गर्दा संक्रमित व्यक्तिबाट आफूमा सर्न सक्छ ।
  • सार्वजनि
    क सवारी साधनमा यात्रा गर्दा सवारी साधनका वस्ने सिट, यात्रुले यात्रा गर्दा हातले समाउने विभिन्न ठाउँ र चिजविजहरू आदिमा संक्रमित व्यक्तिवाट आएको भाइरस जिवीत रहेर वसेको हुन सक्छ । त्यस्ता ठाउँ र चिजविजहरू समाउँदा तपाँइको हातमा पनि भाइरस टाँसीएर आउन सक्छ र उक्त हात मुख, नाक र आँखाको सम्पर्कमा आउँदा शरीरमा प्रवेश गर्न सक्छ ।

Source ; https://nfdn.org.np/An-appeal-of-National-Federation-Disabled-Nepal-on-COVID-19