Top Menu Section

Donate Section

Support Us

Accessibility Options

Logo of BYA Nepal

Blind Youth Association Nepal

प्रेश  विज्ञप्ती

This post was published on: May 21, 2020

Share this!

 

अपाङ्गता भएका व्यक्तिहरुको मर्यादित जीवन यापनका निम्ति सहयोग पु¥याउने उद्देश्यले २०५१ सालमाबनेको सरकारले मासिक रु १००का दरले सामाजिक सुरक्षा भक्ता उपलब्ध गराएको थियो जुन स्वागतयोग्यथियो । तत्कालिन सरकारले सुरुवात गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई क्रमस दक्षिण एसियाका अन्यमुलुकहरुले पनि अनुकरण गरेका थिए ।

सरकारको उक्त कार्यको सवैतिरबाट सरहाना हुँदै आएको र सामाजिक सुरक्षा भत्ता पनि क्रमस बृदि हुँदैहाल पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुका लागि मासिक रु ३०००, अति अशक्त अपाङ्गता भएकाव्यक्तिहरुकालागि मासिक रु १६०० भएको छ । सामाजिक सुरक्षा भत्तालाई जिवन निर्वाहमुखी बनाउनुपर्छभन्ने आवाज उठिरहदा गृह मन्त्रालय अन्तरगत राष्ट्र्यि परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७६चैत्र २६ गतेको निर्णय अनुसार सामाजिक सुरक्षा नियमावलि २०७६ को कार्यान्वयन गर्न भन्दै सवै स्थानीयतहलाई अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर नगर्ने भन्ने परिपत्रप्रति नेत्रहीन युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्र्यि महासन्धी CRPD  लाई अनुमोदन गरि सोही अनुरुप घरेलुकानुनहरुको निमार्ण हुदै जानुले नेपाल विवेधरहित र उत्रदायी राज्य बन्न लागेको महसुस हुदै ग¥र्दा उक्तनिर्णय यस प्रक्रियामा अवरोधको रुपमा देखिएको छ ।

अतः सरकारले गरेको यस निर्णयलाई पुर्नविचर गरि अति अशक्त अपाङ्गताभएका व्यक्तिहरुको लागिप्रदान गरिदै आएको सामाजिक सुरक्षा भक्ता कार्यक्रमलाई निरन्तरता दिई अपाङ्गता भएका व्यक्तिहरुकोसम्मानीत जिवन यापनगर्न यो सरकार जिम्मेवार बन्नकालागि नेत्रहीन युवा संघ नेपाल हार्दिक अपिल गर्दछ।

 

मिति ; २०७७ जेष्ठ ८ गते

अध्यक्ष

कलाधर भण्डारी