Top Menu Section

Donate Section

Support Us

Accessibility Options

Logo of BYA Nepal

Blind Youth Association Nepal

अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता

This post was published on: July 21, 2022

Share this!

नेत्रहिन युवा संघ नेपालले अन्तरराष्ट्रिय युवा दिवस १२ अगष्ट २०२२ (२७ साउन २०७९) को अवसरमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगीता आयोजना गर्न गइरहेको छ ।

प्रतियोगिताको धाँचा र सहभागी हुने प्रकृया ।

१)सहभागीले निम्न उल्लेखित ३ बिषयहरु मध्य एक बिषय छनौंट गरि उक्त बिषयमा नेपाली भाषामा बोल्नु पर्ने छ ।

क) राजनीतिमा युवा

ख) समाबेशीता राजनीति र अपाङ्गता

ग) मेरो भोट मेरो भबिष्य

२) पहिलो छनौट चरणमा प्रतियोगितामा सहभागी हुन चाहाने बिधार्थीले माथी उल्लेखित बिषयहरु मध्य १ छनौट गरि नेपाली भाषामा बोलेको ३ मिनेटको भिडियो निम्न माध्यवाट १८ साउन २०७९ दिउसो १ बजे सम्म पठाउनु पर्ने छ ।

WhatsApp number: 9801048303

Email address: [email protected]

Google form https://forms.gle/voTPyLue5AbNJ5TF8

३) साथै प्रतियोगिले अनिवार्य आफ्नो बिवरण र कलेजको प्रतिनिधीत्व गरेको बिवरण खुल्ने आधिकारीक परिचय पत्र स्क्यान गरि पेश गर्नु पर्छ ।

४) पहिलो चरणका सहभागी प्रतियोगिहरु मध्य १५ जानालाई  निर्णयक मण्डलको निर्णयमा फाइनल चरणमा छनौट गरिनेछ ।

५)  फाइनलमा सहभागी प्रतियोगिहरुलाई ५ मिनेटको समय दिइनेछ र उक्त समय भित्र निर्णायक मण्डल समक्ष आफनो भनाईहरु राख्नु पर्ने छ । ती मध्ये उत्कृष्ट ३ जनालाई निर्णयक मण्डलले पहिलो, दोस्रो र तेस्रोे बिजयी घोषण गर्ने छ । बिजयी प्रतिनिधिहरुलाई निम्न पुरस्कारको व्यवस्था गरिएको छ ।

  • पहिलो पुरस्कार सहभागीलाई नगद रु १५,००० र प्रमाण पत्र,  कलेजलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।
  • दास्रो पुरस्कार सहभागीलाई नगद रु १०,००० र प्रमाण पत्र साथै कलेजलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।
  • तेस्रो पुरस्कार सहभागीलाई नगद रु ५,००० र प्रमाण पत्र साथै कलेजलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।